ट्वीटर भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, १६ कार्तिक

काठमाडौं, १६ कार्तिक (एजेन्सी) । समाजिक सञ्जाल ट्वीटर अकाउण्ट भेरिफाइडका लागि अब मासिक ८ डलर तिर्नुपर्ने भएको छ ।

ट्वीटरका नयाँ मालिक एलन मस्कले निलो टिकसहितको प्रमाणित ट्वीटर अकाउन्ट हुनेहरुलाई मासिक ८ डलरको शुल्क लगाउने घोषणा गरेका हुन् ।

गत साता ट्वीटरको पूर्ण स्वामित्व लिएका मस्कले नक्कली अकाउन्टहरु नियन्त्रण गर्नका लागि यो कदम आवश्यक रहेको तर्क गरेका छन् । शुल्क तिर्ने सेवाग्राहीलाई सेवामा पनि प्राथमिकता हुने पनि उनको भनाइ छ ।

अहिलेसम्म राजीतिक नेताहरु, कलाकारहरु, धनाढ्य ब्यापारीहरु, पत्रकारलगायतले एउटा संक्षिप्त अनलाईन फर्म भर्ने प्रक्रिया पूरा गरी नामको पछाडि नीलो टिकसहितको अकाउन्ट प्रयोग गर्दै आएका छन् ।

त्यसलाई मस्कले मालिक र मजदुर जस्तो ब्यवहार भन्दै आलोचना पनि गरेका छन् । आलोचकहरुले भने मासिक शुल्क उठाउने प्रक्रिया सजिलो र ब्यवहारिक नभएको भन्दै मस्कको आलोचना गरेका छन् ।

प्रतिक्रिया