दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास नरोके कडा कदम चाल्ने अमेरिकालाई उत्तरको धम्की
अखबार टुडे
प्रकाशित:
२०७९, १६ कार्तिक

काठमाडौं, १६ कार्तिक । उत्तर कोरियाले दक्षिण केरियासँगको संयुक्त सैन्य अभ्यास नरोकेमा अमेरिकाविरुद्ध शक्तिशाली जबाफी कदम चाल्ने चेतावनी दिएको छ ।

वाशिङ्गटन र सोलले सोमबारदेखि उनीहरुको सबैभन्दा ठूलोमध्येको संयुक्त हवाई सैन्य ड्रिल अभ्यास आरम्भ गरेका छन्, जुन शुक्रवार समाप्त हुने बताइएको छ ।

बीबीसीले उल्लेख गरेअनुसार उत्तर कोरियाले पनि त्यस्ता कतिपय ड्रिलहरूको जबाफमा भन्दै हालैका हप्ताहरूमा शृङ्खलाबद्ध रूपमा क्षेप्यास्त्रहरू प्रक्षेपण गरेको थियो ।

प्योङयाङले सन् २०१७ पछि पहिलोपटक परमाणुअस्त्र परीक्षणको तयारी गरिरहेको भन्ने गुप्तचर सूचनाहरूका माझ यी गतिविधिहरू भएका छन् ।

उत्तर कोरियाको विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै भनेको छ, ‘यदि अमेरिकाले गम्भीर प्रकृतिको उक्साउने खाले सैनिक गतिविधिलाई निरन्तरता कायमै राखेमा उत्तर कोरियाबाट अझै शक्तिशाली जबाफी कदम चालिनेछ ।’

साथै, विज्ञप्तिमा भनिएको छ, ‘यदि वाशिङ्गटने आफ्नो सुरक्षा चासोलाई नसुहाउने खालको कुनै गम्भीर गतिविधि चाहँदैन भने उसले यस्ता अनुपयोगी र अप्रभावी युद्ध अभ्यासहरू तत्काल बन्द गर्नुपर्छ । होइन भने, अगाडिका सबै परिणामहरूको सम्पूर्ण जिम्मेवारी उसैले लिनुपर्छ’ बीबीसीले उल्लेख गरेको छ ।

समाचारमा जनाइएअनुसार ‘भिजिलन्ट स्टोर्म’ नाम दिइएको हालको सैन्य अभ्यासमा सयौँ लडाकु विमान सहभागी छन् र तिनीहरूले दिनको चौबीसै घण्टा नक्कली आक्रमणको अवस्थाको अभ्यास गरिरहेका छन् ।

अक्टोबर महिनाको आरम्भतिर वाशिङ्गटनले उत्तर कोरियालाई चेतावनी दिइएको अर्थमा बुझिएको कदममा उसको परमाणुअस्त्र भएको विमानवाहक लडाकु पानीजहाज युएसएस रोनल्ड रेगनलाई कोरियाली प्रायःद्वीप नजिक परिचालन गरेको थियो । उक्त पानीजहाज पनि केही नौसैनिक युद्ध अभ्यासमा संलग्न भएको थियो । हाल उक्त सैन्य पानीजहाज फिलिपिन सागरमा सक्रिय

प्रतिक्रिया