निर्वाचनमा प्रयोग गर्न भारतले नेपाललाई दियो २०० गाडी
अखबार टुडे
प्रकाशित:
२०७९, १५ कार्तिक

काठमाडौं, १५ कात्तिक । निर्वाचनमा प्रयोग गर्ने गरी गरी भारतले उपहारस्वरूप नेपाललाई २०० वटा सवारीसाधन दिएको छ ।

मंगलबार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले एक समारोहमा अर्थमन्त्री जनार्दन शर्मालाई २०० वटा सवारीसाधन हस्तानतरण गरेका हुन् ।

नेपाल सरकारको अनुरोधमा यी सवारीसाधन उपलब्ध गराइएको जनाइएको छ । यी सवारीसाधन चुनावका दौरान प्रयोग गरिनेछ । चुनावपश्चात १२० वटा गाडी सुरक्षा निकायले र बाँकी ८० वटा निर्वाचन आयोगले प्रयोग गर्नेछ ।

यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई झन्डै २००० वटा र नेपाली सेना र निर्वाचन आयोगलाई ४०० वटा गरी हालसम्म भारतले नेपाललाई निर्वाचनको समयमा २४०० भन्दा बढी सवारीसाधन उपहारस्वरूप प्रदान गरिसकेको छ ।

प्रतिक्रिया