उर्लाबारीमा छठ हेर्न गएका बालकको छुरा प्रहार गरी हत्या
प्रकाशित:
२०७९, १४ कार्तिक

मोरङ, १४ कार्तिक । उर्लाबारीस्थित मावा खोलामा छठ पर्वको रौनक हेर्न गएका बालकको छुरा प्रहारबाट मृत्यु भएको छ ।
झापा दमक नगरपालिका–१० का १४ वर्षीय डियुज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । छुरा प्रहारबाट घाइते श्रेष्ठ बेहोस भई लडेपछि साथीले गोदावरी हस्पिटलमा उपचारका लागि भर्ना गराएका थिए ।
घाइते बालकलाई अस्पतालमा ल्याएपछि मात्रै थाहा पाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ थापाले बताए । थापाका अनुसार राति करीब साढे १० बजे बालकमाथि छुरा प्रहार भएको थियो । छुरा हान्नेको प्रहार गर्नेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
एसइई परीक्षाको तयारी पूरा, यस्तो छ तालिका
अमेरिकाले सोध्यो- के राष्ट्रसंघीय सहायता निकायको कम्युनिस्टसँग सम्बन्ध छ ?
गाजामा इजरायलद्वारा हवाई आक्रमण, तीन पत्रकारसहित नौ जनाको मृत्यु
ट्रम्प प्रसाशनद्वारा रसियासहित यी ४३ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने तयारी
‘पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी छैन’