८८४८ र ओल्ड दरबारले जिते दुई अन्तर्राष्ट्रिय मेडल
अखबार टुडे
प्रकाशित:
२०७९, १३ कार्तिक

काठमाडौं, १३ कात्तिक । यती डिस्टिलरी प्रालिका उत्पादनहरूले मदिराको विश्वस्तरीय प्रतिस्पर्धामा दुईवटा अन्तर्राष्ट्रिय मेडल प्राप्त गरेका छन् ।

यतीका उत्पादन ८८४८ भोड्का र ओल्ड दरबार ब्ल्याक चिम्नी ह्विस्कीले अमेरिकाको सान फ्रान्सिस्को वल्र्ड स्पिरिट प्रतिस्पर्धा (एसएफडब्लुएससी) २०२२ मा गोल्ड र डबल गोल्ड पुरस्कार जितेका हुन् ।

उत्त प्रतिस्पर्धामा विश्वभरका पाँच हजार मदिरा ब्रान्डबीच भएको थियो । यती डिस्टिलरीका अनुसार ८८४८ भोड्काले गोल्ड मेडल र ओल्ड दरबार ब्ल्याक चिम्नी ब्लेन्डेड रिजर्भ ह्विस्कीले डबल गोल्ड मेडल जितेको हो ।

एसएफडब्लुएससीका अनुसार यो प्रतिस्पर्धामा गोल्ड मेडल प्राप्त गर्नुको अर्थ ‘उपलब्धिको उच्चतम बिन्दु नजिकै पुगेको असाधारण मदिरा’ भन्ने हुन्छ । डबल गोल्डको अर्थ ‘विश्वका अत्युत्तम उत्पादनमध्येको एक’ भन्ने हुन्छ ।

विजेता छनोटका लागि विश्वभरबाट जम्मा भएका ७० निर्णायकहरूले गत अप्रिलमा दुई हप्ता समय लगाएर पाँच हजार कम्पनीका मदिराहरूको मूल्यांकन गरेका थिए ।

सन् २००० देखि सुरू भएको सान फ्रान्सिस्को वर्ल्ड स्पिरिट प्रतिस्पर्धा उत्तर अमेरिकाको सबैभन्दा पुरानो र ठूलो मदिरा प्रतिस्पर्धा हो ।

प्रतिक्रिया