सोमालियामा कार बम बिस्फोट हुँदा कम्तीमा सय जनाको मृत्यु, ३ सय घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, १३ कार्तिक

मोगादिसु, १३ कात्तिक (एजेन्सी) । सोमालियामा कार बम विष्फोट हुँदा कम्तीमा सय जनाको मृत्यु भएको छ भने ३ सय जना घाइते भएका छन् ।

सोमालियाको राजधानी मोगदिसुस्थित शिक्षा मन्त्रायलय रहेको स्थानमा शनिबार राति बम बिस्फोट भएको हो ।

घटनाको जिम्मेवारी हालसम्मै कसैले पनि े रोयटर्सले जनाएको छ । राष्ट्रपति हसन शेख मोहम्मदले इश्लामी समूह अल सहबाबले बिस्फोट गराएको आरोप लगाएका छन् ।

घटनास्थलमा पुगेका राष्ट्रपति मोहम्मदले मृतकको संख्या अझै बढ्न सक्ने बताएका छन् । विस्फोटमा विद्यार्थी‚ व्यापारी‚ अभिभावक‚ बालबालिका रहेको बताइएको छ ।

पहिलो विस्फोट शिक्षा मन्त्रालय अगाडि रहेको मोगादिसुको व्यस्त सडकमा भएको थियो भने उक्त विस्फोटमा परेकाहरूको उद्धारका लागि मानिसहरू जम्मा भएपछि दोस्रो विस्फोट भएको थियो । विस्फोटको कारण भने अझैसम्म खुलेको छैन ।

यसअघि सन् २०१७ अक्टुबरमा सोमालियाकै इतिहासको सबैभन्दा ठूलो बम विस्फोट पनि यही स्थान नजिकै भएको थियो । उक्त विस्फोटमा परी ५ सयभन्दा बढी नागरिकको ज्यान गएको थियो ।

प्रतिक्रिया