एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, १३ कार्तिक

काठमाडौं, १३ कात्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार