एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, १३ कार्तिक

काठमाडौं, १३ कात्तिक । आइतबार नेपाली बजारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो कारोबार दिन छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १२ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेको हो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
