गोरखामा बस दुर्घटना, ५ जनाको मृत्यु
प्रकाशित:
२०७९, १३ कार्तिक

चितवन, १३ कार्तिक । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका तिर्थयात्री बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
आइतबार पाल्पाबाट गोरखाको मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । दुर्घटनामा २५ जना घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । आज बिहान ४ बजे भएको दुर्घटनाका घाइतेहरूलाई उद्धार गरि चितवन ल्याइएको छ । मृत्यु भएकाहरुको सनाखत हुन बाँकी रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
