सुपरमार्केटमा छुरा प्रहार हुँदा आर्सनलका खेलाडी घाइते, एकको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ११ कार्तिक

काठमाडौं, ११ कात्तिक । इटालीको मिलान शहर नजिक रहेको एक सुपरमार्केटमा छुरा प्रहार हुँदा एकको मृत्युसँगै अन्य पाँच जना घाइते भएका छन् ।

घाइते हुनेमध्ये आर्सनलबाट लोनमा इटालियन क्लब मोन्जा पुगेका मारी पनि छन् । २९ वर्षीय ब्राजिलियन डिफेन्डर इटालियन क्लब मोन्जाबाट लोनमा खेलिरहेका छन् । मारीलाई अस्पताल लगिएको छ । उनको अवस्था सामान्य रहेको अस्पताल स्रोतलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

स्थानिय मिडियाको रिपोर्ट अनुसार ३० वर्षीय सुपरमार्केटको क्यासियरको भने मृत्यु भएको हो । पुलिसले ४६ वर्षीय एक व्यक्तिलाई पक्राउ गरेको छ । पुलिसले कुनै आतंककारी मनसाय हुन नसकेको बताएको छ ।

रिपोर्टहरूका अनुसार आक्रमणकारीलाई मानसिक स्वास्थ्य समस्या थियो र उसले सुपरमार्केटको सेल्फबाट हतियार खोसेको थियो । उक्त व्यक्तिले स्थानीय समय अनुसार साढे ६ बजे सुपरमार्केटमा अनियमित रूपमा मानिसहरूलाई छुरा प्रहार गर्न थाले ।

प्रतिक्रिया