डडेल्धुरामा कांग्रेस वडा समितिले निर्वाचन बहिष्कार गर्ने
अखबार टुडे
प्रकाशित:
२०७९, ६ कार्तिक

डडेल्धुरा, ६ कात्तिक । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसको वडा समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ ।

भागेश्वर गाउँपालिका– ५ को नेपाली कांग्रेसको वडा समितिले वडाको विकासका लागि राखिएका मागहरू विश्वासिलो रुपमा पूरा हुने आधार नदेखिएकाले निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको हो ।

कुनै पनि उम्मेदवारलाई भोट नदिने निर्णय बहुमतले गरिएको वडा सभापति जंगबहादुर थापामगरले विज्ञप्तिमार्फत् जनाएका छन् ।

वडा कमिटीले ती माग सम्बोधनका विषयमा जिल्लास्तरका नेतासँग नभएर सोझै पार्टी सभापति देउवासँग मात्र कुरा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया