नम्बर टिपाएका सर्वसाधारणलाई गोला तानेर ओलीले गरे फोन
अखबार टुडे
प्रकाशित:
२०७९, ४ कार्तिक

काठमाडौं, कात्तिक ४ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टी कार्यालय च्यासलबाट सर्वसाधारणसँग फोनमा कुराकानी गरेका छन् ।

अध्यक्ष ओलीले नम्बर टिपाएका सर्वसाधारणमध्ये गोला तानेर परेका नम्बरमा फोन गरेर कुराकानी गरेका हुन् । ओलीले आगामी चुनावलगायत समसामयिक विषयमा कुराकानी गरेको उनको सचिवालयले जनाएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग कुरा गर्न पाएकोमा उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

‘कल केपी बा कार्यक्रममा मैले करिब चार घन्टा टेलिफोन संवाद गरें । तपाईहरुसँग भएका कुराकानीले म उत्साहित छु’, ओलीले फेसबुकमा लेखेका छन्, ‘दुई लाख ९ हजार एकसय १६ जनाले नाम टिपाउनु भएकोले मैले सबैसँग कुरा गर्न पाइनँ । म क्रमैसँग कुरा गर्दै जानेछु ।’

प्रतिक्रिया