गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, ४ कार्तिक

काठमाडौं, ४ कातिक । काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना ३५ दिनभित्र हटाउन पशुपति क्षेत्र विकास कोषले सूचना जारी गरेको छ ।

पशुपति क्षेत्र विकास कोषले सम्झौताविपरीत संरचना बनेकोले हटाउन समय दिएको हो । कोषले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै मारवाडी सेवा समिति नेपाल र गौशाला धर्मशाला सञ्चालक समितिलाई मापदण्डविपरीत बनेका संरचना हटाउन आग्रह गरेको हो ।

३५ दिनभित्र मापदण्डविपरीतका संरचना नहटाएमा नियमअनुसार कारबाही गरिने पनि कोषले जनाएको छ ।

प्रतिक्रिया