डलरको नयाँ कीर्तिमान, नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ३ कार्तिक

काठमाडौं, ३ कात्तिक । पछिल्लो समय डलरको भाउले दैनिक नयाँ कीर्तिमान बनाउँदै आएको छ । अमेरिकी डलरको भाउ निरन्तर उकालो लागेपछि नेपाली मुद्रा (नेरु) हालसम्मकै कमजोर बनेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज (बिहीबार) नेपालीले १ अमेरिकी डलर साट्नको लागि १३३ रुपैयाँ १४ पैसा खर्च गर्नु पर्ने भएको छ । खरिद दर १३२.५४ रुपैयाँ छ । यो हालसम्मकै उच्च दर हो ।

गत साउन ५ मा एक अमेरिकी डलरको विनिमय दर १२८.२९ रुपैयाँ पुगेको थियो । त्यसपछि घट्न थालेको विनिमय दर साउन १८ मा १२६.२५ रुपैयाँसम्म झरेको थियो । त्यसयता डलरको भाउ फेरि उकालो लाग्न थालेको हो ।

धेरै देशमा आर्थिक मन्दी आएको कारण पनि डलरको सञ्चिति बढाउँदा डलरको माग बढेका छ । यसले भाउ बढाएको हो । डलरसँग भारतीय मुद्रा कमजोर भएपछि नेपाली मुद्रा पनि अवमूल्यन भएको छ । नेपाली मुद्रा भारतीय मुद्रासँग पेग्ड गरिएको छ ।

अर्थात भारतीय मुद्रा अन्य मुद्रासँग बलियो हुँदा नेपाली मुद्रा पनि बलियो हुन्छ र कमजोर हुँदा कमजोर । भारू र नेपाली रुपैयाँबीच स्थिर विनिमयदर (फिक्स पेग) भएका कारण भारू अवस्थाअनुसार नेपाली रुपैयाँको भाउ निर्धारण हुने गरेको हो ।

पेट्रोलियम पद्धार्थको मूल्यमा भएको वृद्धि, भारतबाट बाहिरीरहेको वैदेशीक लगानीको कारण भारू कमजोर भइरहेको छ । डलरको ग्राफ उकालो लाग्दै गर्दा दैनिक उपभोग्य वस्तुहरूको मूल्यवृद्धि भइरहेको छ ।

प्रतिक्रिया