दलहरुलाई आचारसंहिता पालना गर्न आयोगले दिएको ७ बुँदे निर्देशनमा के छ ? (पूर्णपाठ)
प्रकाशित:
२०७९, २ कार्तिक

काठमाडौं, २ कातिक । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने निर्वाचन प्रचारप्रसारका क्रममा २५ जनाभन्दा बढीको जुलुश निकाल्न नपाउने जनाएको छ ।
आयोगले बुधबार ७ बुँदे निर्देशन जारी गर्दै चुनाव प्रचारप्रसार गर्दा २५ जनाभन्दा बढीको जुलुश प्रदर्शन गर्न नपाइने स्पष्ट पारेको हो ।
निर्देशनमा २५ जनाभन्दा बढीको जुलुश तथा झाँकी प्रदर्शन गर्न, दल वा उम्मेदवारहरुले सार्वजनिक स्थान, पोलहरुमा झण्डा टाँग्न र पोस्टर टाँस्न, बहालवाला मन्त्री तथा स्थानीय तहका पदाधिकारीले चुनाव प्रचार गर्न नपाइने उल्लेख छ ।
यस्तै, आयोगले तोकेको सवारी साधनमात्र प्रयोग गर्न तथा निर्धारित सीमाभित्र खर्च गर्न निर्देशन दिएको छ । आचारसंहिता उल्लंघन गरेमा प्रचलिन कानुनबमोजिम जरिबाना तथा उम्मेदवारी खारेजीसम्मको चेतावनी आयोगले दिएको छ ।


प्रतिक्रिया
सम्बन्धित समाचार
