नेपाल-चीन सीमा क्षेत्रमा ५.९ म्याग्निच्यूडको भूकम्प
प्रकाशित:
२०७९, २ कार्तिक

काठमाडौं, २ कातिक । नेपालमा बुधबार दिउँसो ५.९ म्याग्निच्यूडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकनजिकै पर्ने नेपाल चीन सीमा क्षेत्रमा ३ बजेर ७ मिनेटमा भूकम्प गएको हो ।
भूकम्पको झड्का सिन्धुपाल्चोकसहित राजधानी र आसपासका जिल्लामा महसुश भएको थियो । भूकम्पपछि काठमाडौंमा मान्छेहरु घर बाहिर निस्केका l हालसम्म भूकम्पबाट भएको क्षतिबारे कुनै विवरण प्राप्त भएको छैन ।
प्रतिक्रिया
सम्बन्धित समाचार
