सर्लाहीमा सहकारी कर्मचारीमाथि गोली प्रहार
प्रकाशित:
२०७९, २ कार्तिक

सर्लाही, २ कात्तिक । सर्लाहीको बागमती नगरपालिकास्थीत मिलनचोकमा एक युवकमाथि गोली प्रहार भएको छ । लालबन्दी नगरपालिका–२ जुटपानी बस्ने बर्ष ३० वर्षीय साजन कार्कीमाथि गोली प्रहार भएको हो ।
उनको दाहिने पाखुरा, दाहिने कोखा, बाँया कोखामा गोली लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हरिवनस्थित सरस्वती अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका उनलाई काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।
निलो रंगको मोटरसाइकलमा आएका तीन जना अपरिचितले कार्कीमाथि गोली हानेर फरार भएका थिए । उनलाई भारतीय अपराधीले गोली हानेको हुनसक्ने प्रारम्भिक अनुमान छ । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । कार्की सगुन बचत तथा ऋण सहकारी संस्थाको बागमती सेवा केन्द्रमा कार्यरत कर्मचारी हुन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार
