र्‍यापर भिटेनले युट्युबबाट हटाए सबै गीत
अखबार टुडे
प्रकाशित:
२०७९, २ कार्तिक

काठमाडौं, २ कात्तिक। र्‍यापर समिर घिसिङ (भिटेन) ले आफ्नो आधिकारिक युट्युब च्यानल भिटेन म्युजिकबाट एउटा बाहेक सबै गीत हटाएका छन् ।

उनले केही दिनअघि रिलिज भएको ‘आफ्नै बाटो’ बोलको गीत बाहेक सबै गीत गायब बनाएका हुन् । उनले गीत किन हटाए कारण भने खुलेको छैन ।

यति मात्र होइन, इन्स्टाग्रामबाट पनि भिटेनले दुईवटा बाहेक सबै तस्वीर डिलेट गरेका छन् । उनको फेसबुक पेज पनि निष्क्रिय छ ।

उनले किन यस्तो गरे भन्ने कुरालाई लिएर सामाजिक सञ्जालमा चर्चा चलिरहेको छ । भिटेन गत सातासम्म जापानमा थिए । उनको अन्तर्राष्ट्रिय टुर पनि चलिरहेको छ ।

प्रतिक्रिया