ताप्लेजुङको मैवाखोलामा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु
प्रकाशित:
२०७९, २ कार्तिक

ताप्लेजुङ, २ कात्तिक । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ मा ट्याक्टर दुर्ङटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
गएराती याम्फेवा खोला छेउमा भएको दुर्घटनामा चारै जनाको घटनास्थलमै मृत्यु भएको गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले बताए ।
तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टरमा सवार चारै जनाको मृत्यु भएको ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिए ।
ज्यान गुमाउनेमा चालक मैवाखोला–५ काम्साङका ३१ वर्षीय पासाङ शेर्पा, उनका भाई २४ वर्षीय फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षीया सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षीया लाकी शेर्पा रहेको प्रहरीले जनाएको छ । विस्तृत जिवरण आउन बाँकी भने छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
