यस्तो छ आज र भोलिको मौसम
प्रकाशित:
२०७९, २ कार्तिक

काठमाडौं, २ कातिक । हाल देशको पहाडी भू-भागमा पश्चिम वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।
आज दिउँसो देशको पहाडी भू–भागको थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । तराइमा भने आज मौसम सामान्यतया सफा नै रहन्छ ।
भोलि बिहीबार भने सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि सामान्यतया सफा रहनेछ । देशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित समाचार
