अमेरिकामा नेपाली उबर चालकमाथि बन्दुकधारीद्वारा आक्रमणको प्रयास
अखबार टुडे
प्रकाशित:
२०७९, १ कार्तिक

काठमाडौं, १ कातिक । अमेरिकामा एक नेपाली सवारी चालकमाथि अज्ञात बन्दुकधारी यात्रुले आक्रमणको प्रयास गरेको समाचार सार्वजनिक भएको छ ।

अमेरिकाको उत्तरी राज्य क्यालिफोर्नियाको अकल्याण्डमा नेपाली कार (उबर) चालक विमल थापा मगरमाथि बन्दुकधारीले आक्रमणको प्रयास गरेको एबिसी नेटवर्कले जनाएको छ ।

बन्दुकधारीले सुरुमा उनको पृष्ठभूमि सोधेपछि मगरले आफू नेपालको रहेको बताएका थिए । त्यसलगत्तै आफ्नो टाउकोमा बन्दुक ताकिएको मगरले एबिसी नेटवर्कलाई बताएका छन् । समाचारमा जनाइएअनुसार घटना अक्टोबर १ मा भएपनि प्रहरीले सोमबारमात्रै सार्वजनिक गरेको हो ।

विमल मगरले एबिसी नेटवर्कसँग भनेका छन्, ‘एक यात्रुले बन्दुक ताके अर्कोले मेरो पर्स र कारको चाबी खोसे । मलाई घुँडा टेक्न लगाए र कार लिएर उनीहरू भागे ।’ उक्त घटनापछि उबर चलाउनै डर लागेको उनले बताएका छन् । प्रहरीले उक्त घटनामाथि अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रतिक्रिया