
काठमाडौं, १ कातिक । रंग पत्रकारितामा कलम चलाउँदै आएका भोला अधिकारीको लेखन तथा निर्देशनमा हास्य सिरियल ‘ख्याल ख्यालमा’को ट्रेलर सार्वजनिक भएको छ । सोमबार सिरियलको प्रोमो युटुबमार्फत रिलिज गरिएको हो ।
समसायिक विषयवस्तुलाई व्यङ्ग्यात्मकशैलीबाट दर्शकलाई मनोरञ्जन दिने प्रयास गरिएको छ ।
ट्रेलरमा राजनितिक विषयवस्तुलाई अलिक बढी उठाउन खोजिएको छ । अरु बेला नेताले गाउँ विर्सने तर, चुनावको समयमा गाउँ पस्ने कुरालाई व्यङ्ग्य गरिएको छ ।
निर्देशक भोलाले भने, ‘अरु बेला जनतालाई वास्तै नगर्ने नेताको परिपाटी छ । त्यसैको वरिपरीको कथामा सिरियल निर्माण भएको हो ।’
भोलाका अनुसार थोरै कलाकार राखेर सिरियललाई निरन्तरता दिने बताए । यसअघि यही टिमका भोला र ज्ञानेन्द्र कोइरालाले रमाइलो टेलिभिजनको ‘तितो पिरो’मा सँगै काम गरेका थिए ।
सिरियलमा ‘ज्ञानेन्द्र कोइराला, राजेन्द्र गिरि, रमा दाहाल, भोला अधिकारी, गीतु पराजुली, अर्जन घिमिरे, नेहा नेपाली, अक्कल कार्की, हरिचन्द्र राई, विवेक अधिकारी, मनिष कोइरालालगायतको अभिनय रहेको छ ।
सिरियललाई समिर राईले खिचेका हुन् भने सम्पादन ज्ञानेन्द्र कोइरालाकै रहेको छ । सिरियलको व्यवस्थापनको जिम्मा कलाकार अर्जुन र गीतुले समालेका छन् । यो सिरियल एक वर्षअघि नै निर्माण भएको थियो । विभिन्न कारणले गर्दा रिलिज हुन सकेको थिएन ।