अरिंगालको टोकाइबाट सल्यानमा आमा-छोरीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, १ कार्तिक

सल्यान, १ कार्तिक । अरिंगालले टोक्दा सिद्ध कुमाख गाउँपालिकामा आमाछोरीको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् ।

सिद्ध कुमाख–१ हममपालकी २१ वर्षीया शोभा बस्नेत बुढाथोकी र छोरी २ वर्षीया प्राप्ति बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सोमबार साँझ खेतमा धान काटी घर फर्किने क्रममा बाटोमा अरिंगालले टोकेको थियो । उपचारका लागि कोहलपुर बाँके लैजाँदै गर्दा बाटोमै प्राप्तिको बाटोमै मृत्यु भएको हो ।

शोभालाई भने आज बिहान कोहलपुर मेडिकल कलेजमा जाँच गर्ने क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालले जानकारी दिए ।

अर्का घाइते २१ वर्षीय नवीन बस्नेतको श्रीनगर स्थित परोपकार हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया