तस्बिरमा हेर्नुस् विश्वकै सुन्दर १० महिला, बलिउड अभिनेत्री दीपिका नवौँ स्थानमा
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ आश्विन

काठमाडौं, ३१ असोज । बेलायती अभिनेत्री जोडी कमर विश्वकै सुन्दर महिला घोषित भएकी छन् । ‘गोल्डेन रेसियो अफ ब्यूटी’ नामक प्राचीन ग्रिक प्रविधिबाट कम्युटराइज्ड गर्दै विश्वका १० सुन्दर महिलाको सूची तयार पारिएको एजेन्सीले जनाएको छ ।

सोक्रममा बेलायती अभिनेत्री कमर विश्वकै सुन्दर महिला घोषित भएकी हुन् । उनीसँगै अमेरिकन टिभी स्टार तथा मोडल किम कार्दशियन, बेला हदिद, हलिउड गायिका बियोन्से, एरियाना ग्रान्डे र बलिउड अभिनेत्री दीपिका पादुकोण १० सुन्दर महिलाको सूचीमा परेका छन् ।

भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार विश्वका १० सुन्दर महिलाको सूचीमा भारतबाट दीपिका पादुकोण मात्रै परेकी छन् । उनी सूचीको नवौं स्थानमा छन् ।

बेलायती प्लास्टिक सर्जन डा जुलियन डे सिल्भाले अभिनेत्री जोडी कमरलाई विश्वको सबैभन्दा सुन्दर महिला घोषित गरेका हुन् । उनका अनुसार जोडीको अनुहारको पूर्ण अनुपात मिलेको छ ।

उनले भनेका छन्, ‘जोडी स्पष्ट विजेता हुन् । उनको अनुहारका सबै तत्वहरू शारीरिक पूर्णताको लागि मापन गरियो । उनको नाक र ओठ मिलेको छ । उनले ९८.७ प्रतिशत अंक प्राप्त गरेकी छन् ।’

यस्तै, जेन्डायाले ९४.३७ प्रतिशत, बेला हदिदले ९४.३५ प्रतिशत, बियोन्सेले ९२.४४ प्रतिशत, एरियाना ग्रान्डेले ९१.८१ प्रतिशत, टेलर स्विफ्टले ९१.६४ प्रतिशत, जोर्डन डनले ९१.३९ प्रतिशत, किम कार्दशियनले ९१.२८ प्रतिशत, दीपिका पादुकोणले ९१.२२ प्रतिशत र होयोन जुङले ८९.६३ प्रतिशत अंक प्राप्त गरेको समाचारमा जनाइएको छ ।

प्रतिवेदन अनुसार सौन्दर्यको मापदण्डसमेत मानिने गोल्डेन रेसियोलाई फि पनि भनिन्छ । यो एक गणितीय विधि हो, जसमा शारीरिक पूर्णता निर्धारण गर्न सूत्रहरू प्रयोग गरिन्छ ।

प्रतिक्रिया