नोभेम्बर ६ मा दुवईमा प्रस्तुत हुँदै नेपथ्या
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ आश्विन

काठमाडौं । नेपालको चर्चित लोकरक ब्याण्ड नेपथ्यले आउँदो कात्तिक तेस्रो साता यूएईको दुबईमा कन्सर्ट गर्ने भएको छ । आगामी नोभेम्बर ६ अर्थात् कात्तिक २० गते दुबईको अल नासेर लिजरल्याण्डमा सांगीतिक प्रस्तुति दिन लागेको अमृत इभेन्टले जनाएको हो ।

सन् २०१९ मा पछिल्लो कार्यक्रम गरेको नेपथ्यको कोरोना महामारीपछि यो पहिलो दुबई कन्सर्ट हो । ब्याण्डले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चाडबाडको बेला आफन्तबाट हजारौं किलोमिटर पर रहेका नेपाली दाजुभाइलाई दशैं, तिहार र छठको समेत संगीतमय कोसेली बोकेर हामी आउँदैछौं ।’

‘आइस स्केटिङ लगायत सांगीतिक कार्यक्रम स्थलको रुपमा चिनिने उही स्थलमा प्रस्तुत हुनेगरी यसपटक हामी फेरि पूरै जोश र जाँगरका साथ दुबई आउँदैछौं,’ ब्याण्डका मुख्य गायक अमृत गुरुङले भनेका छन्, ‘श्रोता दर्शकलाई नचाउने र गाउन लगाउने रमाइला गीतहरु यसपटक प्राथमिकतामा परेका छन् ।’ कार्यक्रमको व्यवस्थापन अमृत इभेन्टले गर्ने जनाएको छ ।

प्रतिक्रिया