अनिलाको साकेला गीत ‘किरातीको छोरी म त’ (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ आश्विन

काठमाडौं, ३१ असोज । गायिका अनिला राईले ‘किरातीको छोरी म त’ बोलको सोकला गीत ल्याएकी छन् । केही समय अघिमात्र सोलो एल्बम ‘एन्जेलिना’ सार्वनजनिक गरेकी गायिका अनिलाको यो पछिल्लो गीतलाई ‘साकेला’ टाइटलमा आदिम आवाज अनलाइन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

झण्डै दुई दशकदेखि बेलायत बसेरपनि नेपाली गीतसंगीतमा निरन्तर क्रियाशील रहेकी अनिलाको यो साकेला गीतमा अनिलाकै शब्दरचना रहेको छ । अनामनगरस्थित सेवा स्टुडियोमा खिचिएको भिडियोमा अनिला किराती भेषमा देखिएकी छन् ।
जसिहाङ राईको संगीत र लाहाङ सुब्बाको संगीत संयोजन रहेको ‘किराती छोरी म त’ बोलको साकेला गीतको मास्टरिङ दिनेश राजवाहकले गरेका हुन् ।

गायिका तथा गीतकार अनिला राईले केही समयअघि बेलायतबाट नेपाल आएर ‘एन्जेलिना’ सार्वजनिक गरेकी थिइन् । नौ वटा गीतसहितको उक्त सोलो एल्बमका अधिकांश गीतको भिडियो अनिलाले ल्याइसकेकी छन् भने केही आउनेक्रममा रहेको उनको भनाइ छ ।

झण्डै ६ वर्षपछि नेपाल आएर उनले एकैसाथ ११ वटा गीत गाएकी थिइन् । जसमध्ये ९ वटा गीतमा अनिलाकै शब्द रहेका छन् ।
यस्तै, अहिले सार्वजनिक साकेला गीतमा पनि अनिलाकै शब्दरचना रहेको छ । त्यसो त केही समयअघि उनले एल्बमसँगै गीति पुस्तक पनि सार्वजनिक गरेकी थिइन् । त्यसैले अनिलाले आफूलाई गायिकासँगै गीतकारमा रुपमा समेत स्थापित गराएकी छन् ।
उनी भन्छिन्, ‘गीत त धेरै पहिलेदेखि लेख्थेँ, तर पछिल्लो समय आफ्नै शब्द गाउन थालेकी हुँ ।’ यतिमात्र नभएर आफ्ना केही भिडियोमा आफैले अभिनयसमेत गरेकी छन् ।

तर, अभिनय आफ्नो रुची नभएको उनी बताउँछिन् । उनी भन्छिन्, ‘आफ्नो गीतमा आफैँले किन अभिनय नगर्ने भनेरमात्र अभिनय गरेकी हुँ ।’ उनले आफ्नो पछिल्लो भिडियो ‘आमा’ र ‘छोरी’ बोलको गीतको भिडियोमा आफैँले अभिनय गरेकी छन् । जुन भिडियो सार्वजनिक भइसकेका छन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुस्

प्रतिक्रिया