मनाइयो ६७ औं प्रहरी दिवस, पूर्वएआईजी भण्डारीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ३१ आश्विन

काठमाडौं, ३१ असोज । नेपाल प्रहरीले आज ६७ औं स्थापना दिवस मनाएको छ ।

नेपाल प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष प्रहरी दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा विशेष समारोह आयोजना गरिएको छ ।

सोमबार बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाण, प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह लगायत सहभागी थिए ।

कार्यक्रममा कर्तव्य पालनाको सिलसिलामा ज्यान गुमाएका प्रहरीका परिवारलाई सम्मान समेत गरिएको थियो । दिवंगत प्रहरीहरुको सम्मानमा निर्मित स्तम्भमा आगन्तुकहरुले माल्यार्पण पनि गरेका थिए । कार्यक्रममा नेपाल प्रहरीले ड्रोनमार्फत् प्रहरी दिवसको ब्यानर उडाएको थियो ।

कार्यक्रममा पूर्वएआईजी राजेन्द्रसिंह भण्डारीलाई लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको थियो ।

प्रतिक्रिया