नवौं राष्ट्रिय खेलकुद: प्याराग्लाइडिङबाट खसेर खेलाडीको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, ३० आश्विन

पोखरा, असोज ३० । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी जनाएका एक प्याराग्लाइडिङ खेलाडीको आकाशबाट खसेर मृत्यु भएको छ ।

प्याराग्लाइडिङ गर्दागर्दै करिब सय मिटरमाथिबाट सराङकोटमा खस्दा नेपाली सेनाका खेलाडी २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो ।

पोखरा–१० अस्पतालचोक बस्ने खेलाडी थापा प्याराग्लाइडिङबाट खसेपछि उपचारका लागि मेट्रोसिटी अस्पताल लगिएको थियो। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको कस्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया