एक हजार रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अखबार टुडे
प्रकाशित:
२०७९, ३० आश्विन

काठमाडौं, असोज ३० । आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९३ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९२ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुन प्रतितोला ९४ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ११ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया