रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी : १०३ वर्षको उमेरमा निधन
अखबार टुडे
प्रकाशित:
२०७९, ३० आश्विन

काठमाडौं, ३० असोज । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजको उपचाररत जोशीको आज बिहान १०३ वर्षको उमेरमा निधन भएको हो । जोशी परिवारसँग निकट रहेका नइ प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले जोशीको निधन भएको पुष्टि गरेका छन् ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । जोशीको स्वास्थ्यमा समस्यादेखिएपछि यही असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उनमा डेंगु संक्रमण पुष्टि भएको थियो ।

अस्पताल बसाइको शुरुका दिनमा केही सुधार भएजस्तो देखिए पनि पछि उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको थियो । किष्ट मेडिकल कलेजले सत्यमोहन जोशी र उनकी पत्नीलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया