७७ वटै जिल्लामा फैलियो डेँगू : नेता भोट माग्दै, जनता सिटामोल खोज्दै…
अखबार टुडे
प्रकाशित:
२०७९, २९ आश्विन

काठमाडौं, २९ असोज । डेँगू नियन्त्रणमा सरकारको ध्यान जान नसक्दा भयावह बन्दै छ ।

झण्डै दुई वर्ष कोरोना महामारीले ग्रस्त बनेका नेपाली अहिले डेँगूको सामना गरिहेका छन् । राजनीतिक दलहरु चुनावी माहोलमा लिप्त भइरहेका बेला तिनै दललाई भोट दिने जनता डेँगूको पीडामा छन् । तर, न सरकारलाई वास्ता छ, नत ती चुनावी आकर्षक नारामा जनतालाई सुख र समृद्ध नेपाल बनाउने ती कथित स्वतन्त्रलाई नै । अझ, दुःखको कुरा जनताले सिटामोल समेत सहज रुपमा पाउन सकेका छैनन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगी संक्रमण ७७ वटै जिल्लामा फैलिसकेको छ । यसको संक्रमणबाट शनिबारसम्म ४७ जनाले ज्यान गुमाइसकेका छन् । तर, मृत्यु हुनेका संख्या गन्ती गर्नेबाहेक सरकारबाट खाशै पहल भएको छैन ।

गत साउनदेखि हालसम्म ३८ हजार ९१८ जनामा डेंगी पुष्टि भएको मन्त्रालयले जनाएको छ । तर, मन्त्रालय पनि डेँगू नियन्त्रणमा गम्भीर छैन । निर्वाचनका बेला मीठो सपना बाँड्नेहरु आफ्ना मतदाताको मृत्यु भइरहँदा रमिता हेरिरहेका छन् ।

नेपालमा डेगूसँगै कोरोनाको पनि त्रास कायमै छ । मन्त्रालयका अनुसार शनिबारमात्र ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१७६३ जनाको परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । अब नेताहरु चुनावको माहोलमा विलिन भएर मीठो सपना बाँडिरहँदा तिनै भोटर कोरोनासँगै डेगूको लडाइँ लडिरहेका छन् । अब भनौं, नेपाली जेनता भेडा कि नेता शोसक ?

प्रतिक्रिया