बेबी बसन्तीको ठुम्का हेर्न फुलेन्देकी आमा पुगेपछि… (भिडियोसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २९ आश्विन

काठमाडौं । गायिका तथा मोडल बसन्ती राईको नयाँ गीत ‘बेबी बसन्ती’ सार्वजनिक भएको छ । राजेश गुरुङको शब्द तथा संगीतमा तयार भएको गीतमा बसन्तीको स्वर तथा अभिनय रहेको छ ।

यस गीतमा एरेञ्ज तथा मिक्सिङ अमृत ल्वागुनको रहेको छ । पुर्वेली तथा आधुनिक गीतहरु गाउँदै आएकी बसन्तीले पहिलोपटक आइटम गाएकी छन् ।

गम्भीर विष्टको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा बसन्तीले अभिनेता आकाश श्रेष्ठ, कलाकार सुरवीर पण्डीत र कमेडियन फुलेन्देकी आमा उमेश राईसँग ठुम्का लगाएकी छन् ।

बसन्ती र आकाशको हट डान्ससँगै रोमान्टिक मुडमा पनि देखिएका छन् । यस म्युजिक भिडियोमा कलाकार सुरवीर पण्डीतलाई फरक गेटअपमा निर्देशक गम्भीरले प्रस्तुत गराएका छन् । सुरवीरको यो प्रस्तुतीमा दर्शकले फरक स्वाद पाउनेछन् ।

बसन्ती राईको प्रस्तुती रहेको यस भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी रहेको र सम्पादन नबिन निरौलाको रहेको छ । बसन्तीको योभन्दा अगाडि चर्चित गायक राजेशपायल राईसँग गाएको ‘सोई ढोले सोइ’, अभिनेता राजेश हमालसँग मोडलिङ गरेको गीत ‘लाने भए लैजाउ, ‘झुम्के बुलाकी’लगायत गीतहरु चर्चित छन् ।

प्रतिक्रिया