युवाको अपहरण गरि हत्या, तीन जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २८ आश्विन

मोरङ, २८ असोज । एक युवाको अपहरण गरि हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । विराटनगर बसपार्कस्थित एक होटेलमा १८ वर्षीय युवकको हत्या भएको थियो ।

प्रहरीका अनुसार हत्या हुनेमा सिरहा गोलबजार घर भएका अंशु सदा रहेका छन् । सदालाई अपहरण गरेर विराटनगरको न्यु अप्सरा गेष्ट हाउसको कोठा नम्बर १ मा हत्या गरेको प्रहरीले जनाएको छ ।

अपहणकारीले सदालाई असोज २३ गतेदेखि अपहरण गरेर उक्त गेष्ट हाउसमा राखेको र १ लाख रुपैयाँ फिरौती नदिँदा उनको हत्या भएको मोरङको प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले बताए ।

हत्यामा संलग्न भएको आरोपमा धनुषाको विष्णु मण्डल, राजेश ठाकुर र विराटनगरका मनोज कार्कीलाई पक्राउ गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया