प्रभु साह पार्टीबाट निष्काशित, एमाले रौतहट जिल्ला कमिटी पनि विघटन
अखबार टुडे
प्रकाशित:
२०७९, २८ आश्विन

काठमाडौं, असोज २८ । पार्टीविरोधी गतिविधि गरेको भन्दै नेकपा एमालले स्थायी कमिटी सदस्य प्रभु साहलाई पार्टीबाट निष्काशन गरेको छ ।

पार्टीले दिएको टिकट होल्ड गर्दै रौतहट ३ मास् वतन्त्र उम्मेदवारी दिएका साहलाई एमालेले साधारण सदस्य समेत नरहनेगरी निष्कासन गरेको हो ।

महासचिव शंकर पोखरेलले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘स्थायी कमिटी सदस्य तथा मधेस प्रदेश सह– इन्चार्ज प्रभु साह र जिल्ला इन्चार्ज उपेन्द्र साह र सह– इन्चार्ज कुन्दप्रसाद कुशवाह पार्टी विरोध गतिविधिमा संलग्न रहेकाले निजहरूलाई पार्टीको सदस्यता समेतबाट निष्कासन गरिएको छ ।’

एमालेले रौतहट जिल्ला कमिटी पनि विघटन गरी जिल्लाको सह–इन्चार्जको जिम्मेवारी उद्धव रेग्मीलाई तोकेको छ ।

एमालेको दसौं महाधिवेशनबाट स्थायी कमिटी सदस्य बनेका साहले रौतहट क्षेत्र नं ३ को लागि पार्टीबाट टिकटसमेत पाएका थिए । तर उनले पार्टीबाट पाएको टिकट आफैंसँग राखेर स्वतन्त्र उमेदवारी दिएका थिए ।

साहलाई सत्तारूढ गठबन्धनले समर्थन गर्ने जनाइएको छ । रौतहट–३ मा सत्तारूढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका रवीन्द्र पटेल उम्मेदवार बनेका थिए । स्वतन्त्र उम्मेदवार बनेका साहले चापाकल चुनाव चिन्ह पाएका छन् ।

प्रतिक्रिया