मधेस सरकारबाट कांग्रेसका मन्त्री बर्खास्त
अखबार टुडे
प्रकाशित:
२०७९, २८ आश्विन

काठमाडौं, २८ असोज । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सरकारमा सहभागी नेपाली कांग्रेसका ३ मन्त्रीलाई बर्खास्त गरेका छन् ।

संघीय सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चारजना मन्त्रीलाई बर्खास्त गरेपछि जवाफमा जसपा नेतृत्वको मधेस प्रदेश सरकारका मुख्यमन्त्री राउतले पनि कांग्रेसबाट सरकारमा मन्त्री बनेकालाई बर्खास्त गरेको हो ।

कांग्रेसबाट मन्त्री हुनेमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंह, खानेपानी तथा ऊर्जा मन्त्री ओम प्रकाश शर्मा रहेका छन् ।

माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) लाई भने हालसम्म राजीनामा दिन भनिएको छैन । उनीहरु आफै राजीनामा दिएर गए भने जसपाले नरोक्ने बताइएको छ ।

मधेस प्रदेश सरकारमा माओवादी केन्द्रका राज्यमन्त्रीसहित दुई र नेकपा एकीकृत समाजवादीका राज्यमन्त्रीसहित दुई मन्त्री सहभागी छन् ।

प्रतिक्रिया