एलन मस्कले सार्वजनिक गरेको परफ्युमको मूल्य कति ?
अखबार टुडे
प्रकाशित:
२०७९, २७ आश्विन

काठमाडौं, २७ असोज (एजेन्सी) । बारम्बार चर्चामा आइरहने टेस्लाका कम्पनीका मालिक एलन मस्क फेरि एकपटक चर्चामा छन् ।

तर यसपटक एलन मस्क आफ्नो परफ्युमका कारण चर्चामा आएका हुन् । उनी अब अत्तरको व्यवसायमा प्रवेश भएका छन् र आफ्नो ट्विटर प्रोफाइललाई आफूलाई ‘परफ्युम सेल्सम्यान’ बनाएका छन् ।

एलन मस्कले ‘बर्न्ट हेयर’ नामक परफ्युम लञ्च गरेका छन् र उनले आफ्नो ट्विटर अकाउन्टमा यसबारे जानकारी दिएका छन् ।

उनले ट्वीट गरेका छन्, ‘मेरो जस्तो नामका व्यक्तिलाई सुगन्धको कारोबारमा आउनु निश्चित थियो । म यति लामो समयसम्म किन लडिरहे ?’

एलन मस्कले यो परफ्युम ओम्निजेन्डर अर्थात् पुरुष र महिला दुवैले प्रयोग गर्न सक्ने बताए । रोयटर्सका अनुसार ‘बर्न्ट हेयर’ परफ्युमको १० हजार बोतल केही घण्टाभित्रै बिक्रि भयो जसको मूल्य १० लाख डलर थियो ।

यस परफ्युमको बोतलको मूल्य १०० डलर रहेको छ र यो २०२३ को पहिलो त्रैमासिकदेखि मानिसहरूले पाउन थाल्नेछन् ।

प्रतिक्रिया