क्लव टेनएक्सले पहिलो वार्षिकी मनाउँदै, दुई रात निःशुल्क प्रवेश
अखबार टुडे
प्रकाशित:
२०७९, २७ आश्विन

काठमाडौं, २७ असोज । ठमेलस्थित क्लव ‘टेनएक्स’ले पहिलो वार्षिकी भव्यताका साथ मनाउने तयारी गरेको छ । यही अक्टोबर १६ र १७ तारिख अर्थात असोज ३१ र कातिक १ गते दुईरात विशेष कार्यक्रमबीच वार्षिकी मनाउन लागेको क्लवले जनाएको छ ।

उक्त दुई दिन रातलाई विशेष बनाउन नेपालका ख्यातीप्राप्त डिजे तथा गायक÷गायिकाहरुले प्रस्तुती दिनेछन् । रातको समयमा मनाउन लागिएको वार्षिकोत्सवलाई भव्य र सभ्य बनाइने क्लवका सिईओ पौरख मर्दन बस्न्यातले बताए । उनका अनुसार त्यस रात अर्थात अक्टोवर १६ मा गायक अनिल सिंह, कालीप्रसाद बास्कोटा, एकदेव लिम्बू तथा डीजे ओलारुस, डिजे नानी, डिजे हम्जालगायतले ग्राहक तथा अतिथिहरुलाई म्युजिकमा झुमाउने छन् ।

सुशील नेपालले होस्ट गर्ने उक्त विशेष कार्यक्रममा फेसन कोरियोग्राफर तथा मोडल प्रशान्त ताम्राकारलगायतका चर्चित सेलिब्रेटीहरुको पनि उपस्थिति रहने क्लवले जनाएको छ ।

एक वर्षअघि ठमेलको जिस्ट्रिटमा सञ्चालनमा आएको क्लव टेनएक्सले ‘स्टेट अफ द आर्ट क्लबिङ’को अनुभव प्रस्तुत गर्दै आएको बताउँदै सिईओ बस्न्यात भन्छन्, ‘पहिलो वार्षिकी मनाउन पाइरहँदा खुसी लागेको छ । हामी टेन एक्सलाई नेपालकै उत्कृष्ट क्लवहरुमध्ये एक बनाउने प्रयासमा छौँ ।’

क्लव टेनएक्समा हरेकरात डीजे सिजन, डीजे निहान र डीजे आइजेनले यु्वायवती एवं क्लवप्रेमीहरुलाई नचाउँदै आएका छन् । उनीहरु इनहाउस डिजेहरु हुन् । उक्त दिन पनि उनीहरुको आफ्नो प्रस्तुती दिनेछन् ।

क्लवका सिईओ बस्न्यात भन्छन्, ‘एक वर्षको अवधिमा हामीले पार्टीको चाहना राख्नेहरुको इच्छा पूरा गर्दै आएका छौँ ।’ उनका अनुसार क्लवमा हाल ७५ जना कर्मचारी छन् ।

‘अक्टोबर १६ हाम्रो पहिलो वार्षिकोत्सवको हो । यस अवसरमा द्ुईरात ग्राहकका लागि यादगर बनाउन चाहन्छौँ’ सिईओ बस्न्यात भन्छन्, ‘हामीले यसअघि थुप्रै प्रसिद्ध कलाकारहरूसँग सहकार्य गरेका छौं ।’ अक्टोवर १६ र १७ मा प्रवेश शुल्क नलिने क्वलले जनाएको छ । साथै सबै ग्राहकलाई ती दुई दिनका लागि २० प्रतिशत छुट प्रदान गर्ने क्लवले जनाएको छ ।

प्रतिक्रिया