
काठमाडौं, २६ असोज । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका ३७६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगले आज बुधबार उम्मेदवारी दावी विरोध र फिर्ता गर्ने समय दिएको थियो । सोही अनुरुप ७६ जनाले उम्मेदवारी फिर्ता गरेका हुन् ।
निर्वाचन आयोगले बुधबार जारी गरेको प्रारम्भिक विवरणअनुसार प्रतिनिधि सभातर्फ ११९ र प्रदेश सभातर्फ २५७ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
यससँगै बुधबार नै आयोगले उम्मेदवारको सूची सार्वजनिक गरेको छ । आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ गरी जम्मा ५ हजार ६ सय ३६ जनाको उम्मेदवारी कायम छ ।
आयोगको अनुसार प्रतिनिधिसभामा १६५ सिटमा लागि दुई हजार ४१२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभाको लागि तीन हजार २२४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।
जसमध्ये प्रतिनिधि सभातर्फ कुल २ हजार ४ सय १२ जना छन् । यी उम्मेदवारहरूमा पुरुषहरू २ हजार १ सय ८७ जना छन् भने महिलाहरू २ सय २५ जना छन् ।
आयोगका अनुसार प्रदेशसभातर्फ कुल ३ हजार २ सय २४ जना उम्मेदवार छन् । यसमा पुरुषहरू २ हजार ९ सय ४३ जना, महिला २ सय ८० जना र एक जना अन्य (तेस्रो लिंगी) छन् ।
प्रतिनिधिसभातर्फ
प्रदेशसभातर्फ
