अमेरिकन पप स्टार म्याडोनाले किन भनिन् ‘आइएम गे’ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २६ आश्विन

काठमाडौं, २६ असोज । हलिउड पप स्टार म्याडोना अहिले चर्चामा छिन् । प्राय चर्चामा आइरहने स्टारको यस पटकको चर्चाले विश्वका उनका फ्यानलाई चकित समेत बनाएको छ ।

अमेरिकन पप स्टारले आइतबार टिकटकमा एउटा छोटो भिडियो पोस्ट गरिन् । जुन भिडियोले ६४ वर्षीया म्याडोना चर्चामा आएकी हुन् । करिब १३ सेकेण्डको भिडियोमा म्याडोनाले गुलाबी रङको अन्डरवेयर समातेको देखिन्छ ।

भिडियोको क्याप्सन छ– इफ आई मिस, आइएम गे । (मैले यो गुमाएँ भने म गे हुँ) । त्यसपछि उनले उक्त पेन्टीलाई डस्टबिनमा फ्याँक्छिन् । यो भिडियो संयोगवस पोस्ट गरिएको थिएन । जबकि त्यो भिडियो उनले अमेरिकाको राष्ट्रिय कमिङ आउट डेको अवसमा पोष्ट भएको थियो ।

म्याडोनाको उक्त भिडियोलाई लिएर एक जना टिकटक प्रयोगकर्ताले कमेन्ट गरेका छन्, ‘८० वर्षको उमेरमा यो के भइरहेको छ ? के म्याडोना यथार्थमा आएकी हुन् ? के म वास्तविक समयको साक्षी बनेको हुँ ?’

दशकभन्दा लामो समयदेखिको आफ्नो यौन झुकाव र गे समलिंगीप्रतिको सद्भावले उनलाई एक समलिंगी अधिकारवादी सेलिब्रिटीको छविको रुपमा स्थापित गरेको थियो ।

यी संकेतहरुका बाबजुद स्थापित गायिकाले आफूलाई गेको रुपमा खुलाएकी हुन् । सन् २००३ मा आयोजित एमटीभी म्युजिक भिडियो अवार्ड समारोहमा उनले ब्रिट्नी स्पेयर्स र क्रिस्टिना एगुलिएरालाई चुम्बन गरेकी थिइन् ।

सन् ८० को दशकमा हिट गीतहरु ‘लकी स्टार’, लाइक अ भर्जिन’ र ‘मटेरियल गर्ल’बाट स्टार बनेकी म्याडोनाले त्यसपछि एचआईभी एड्सविरुद्ध अनुसन्धान र जनचेतना जगाउने अभियान पनि थालेकी थिइन् । उनको संगीत र प्रस्तुतिले पनि समलिंगी समुदायप्रति समर्थन गर्दै आएका छन् ।

सन् १९८९ मा उनले गाएको गीत ‘एक्सप्रेस योरसेल्फ’ गे मानिसबीच निकै चर्चित थियो । हामीले उनलाई गे व्यक्तित्वको रुपमा चिनाउनुअघि उनले गे आइकनको रुपमा आफूलाई निर्माण गरेकी थिइन् । सन् १९९१ को एक अन्तर्वार्तामा उनले सबैजसो व्यक्तित्वमा समलैंगिक व्यवहार हुने बताएपछि धेरैले उनी बाइ–सेक्सुअल भएको लख काटेका थिए ।

प्रतिक्रिया