पत्रकार सम्मेलन गर्दै भीम रावल
अखबार टुडे
प्रकाशित:
२०७९, २६ आश्विन

काठमाडौं, २६ असोज । नेकपा एमालेका नेता भीम रावलले पत्रकार सम्मेलन गर्ने भएका छन् ।

पार्टीभित्रको पछिल्लो गतिविधि र त्यसमा आफ्नो पोजिसनबारे आधिकारिक धारणा सार्वजनिक गर्न रावलले बिहीबार पत्रकार सम्मेलन गर्न लागेका हुन् ।

रावलले भनेका छन्, ‘आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा मेरो नाम अछाम जिल्ला, प्रतिनिधि सभा, निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गतका नेकपा (एमाले) का वडा, पालिका र निर्वाचन क्षेत्र समन्वय कमिटी तथा अछाम जिल्ला कमिटी र सुदूरपश्चिम प्रदेश कमिटीबाट सर्वसम्मतिले एकमात्र उम्मेदवारको रुपमा सिफारिश भएको तर केन्द्रबाट हटाई सिफारिश नै नभएको व्यक्तिलाई उम्मेदवार बनाइएको सम्बन्धमा उठेका विभिन्न जिज्ञासा, सरोकार र टिका टिप्पणीका सन्दर्भमा पत्रकार भेटघाट राखेको छु’ ।

उनले भोलि दिउँसो १ बजे काठमाडौंको कार्की बैंक्वटमा पत्रकार सम्मेलन आयोजना हुने जानकारी दिए ।

अछाम–१ बाट सर्वसम्मत सिफारिस भए पनि त्यहाँ रावललाट टिकट नदिएर माओवादीबाट एमाले प्रवेश गरेका झपट बोहोरालाई एमालेले टिकट दिएको छ ।सर्वसम्मत रूपमा सिफारिस रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजक सहित ३७ जनाले सामुहिक राजीनामा दिएका थिए ।

प्रतिक्रिया