नम्रता र दावाको टुंगियो प्रेम सम्बन्ध
अखबार टुडे
प्रकाशित:
२०७९, २६ आश्विन

काठमाडौं, २६ असोज । अभिनेत्री नम्रता श्रेष्ठको ‘ब्रेकअप’ भएको छ । उनी करिब चार वर्षदेखि पर्यटन व्यवसायी दावा स्टिभन शेर्पासँग प्रेम सम्बन्धमा थिइन् ।

नम्रता र दावाको ‘ब्रेकअप’ भएको स्वतन्त्र पुष्टि नभएपनि स्टिभनले सामाजिक सञ्जालमा पोष्ट गरेको स्टाटसले उनीहरुको प्रेम सम्बन्ध टुंगिएको स्पष्ट हुन्छ । स्टिभनले इन्स्टाग्राममा मोडल रिया श्रेष्ठसँगको तस्बिर पोष्ट गर्दै लेखेका छन्, ‘माइ लाइफ’ ।

नम्रतासँगको रोमान्स टुंगिएपछि नयाँ प्रेमिकासँग दावाको रिलेसनसिप सुरु भएको चर्चा चल्लन थालेको थियो । गत सातासम्म दावा र रिया इटालीको मिलानमा भएको मिलान फेसन विकमा सहभागी थिए ।

नम्रता र दावा झण्डै चार वर्ष सम्बन्धमा बसे । यी दुई जना सम्बन्धलाई लिएर गम्भीर पनि थिए । तर, कोभिडपछि यी दुईजनाले अलग बाटो रोजे । उनीहरुबीच ब्रेकअप भएको हल्ला त थियो, तर पुष्टि भएको थिएन ।

प्रतिक्रिया