चितवन-३ मा कांग्रेसका बागी उम्मेदवारलाई एमालेको समर्थन
प्रकाशित:
२०७९, २६ आश्विन

चितवन, २६ असोज । चितवन–३ मा नेकपा एमालेले आफ्नो उम्मेदवारी फिर्ता लिएर सत्ता गठबन्धनका बागी उम्मेदवारलाई समर्थन गर्ने जनाएको छ ।
एमालेले रामप्रसाद न्यौपानको उम्मेदवारी फिर्ता लिएर स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका दिनेश कोइरालालाई समर्थन गर्ने जनाएको हो ।
चितवनको मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लाका सहायक निर्वाचन अधिकृत पुरुषोत्तम पौडेलका अनुसार न्यौपानेको उम्मेदवारी फिर्ताको पत्र आएपनि आयोगको निर्णय आउने बाँकी रहेको छ ।
कोइराला एमाले अध्यक्ष ओलीलाई भेट्न मंगलबार बेलुकी बालकोट गएका थिए । एमाले चितवन जिल्ला अध्यक्षसमेत रहेका न्यौपाने पनि टिकट फिर्ता नलिने भन्दै ओलीलाई भेट्न काठमाडौं गएका छन् ।
चितवन ३ मा सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका डा. भोजराज अधिकारी उम्मेदवार छन् ।
प्रतिक्रिया
सम्बन्धित समाचार