
काठमाडौं, २६ असोज । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीको उम्मेदवारी खारेज गरिदिएपछि उनका बुवा चुनाव लड्ने भएका छन् ।
नेकपा माओवादी केन्द्रका सुरेश पन्थको उजुरीबाट बर्दिया क्षेत्र नम्बर २ मा उठेका रेशमको उम्मेदवारी हिजो खारेज भएको थियो ।
टीकापुर हत्याकाण्ड प्रकरणमा दोषी ठहर भइ जेल सजाय भोगिरहेका रेशमको उम्मेदवारी खारेज भएपछि नागरिक उन्मुक्ति पार्टीले उनका बुवा लालवीरलाई समर्थन गर्ने निर्णय गरेको हो ।
रेशमले आफ्नो उम्मेदवारीसँगै बाबुको पनि उम्मेदवारी दर्ता गराएका थिए । आफ्नो उम्मेदवारी खारेज हुने आशंकाले रेशमले बुबाको नाममा निर्वाचन आयोगमा दर्ता गराएका थिए ।
अब नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया २ मा रेशमका बुवा लालवीर रहने पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइ्न । २०७४ को आमनिर्वाचनमा लालवीर कैलाली क्षेत्र नम्बर १ मा नेकपा एमालेबाट प्रदेशसभा सदस्य उम्मेदवार भएका थिए ।
