विशवकै महँगा मोडल काइलीको पारिश्रमिक कति ?
अखबार टुडे
प्रकाशित:
२०७९, २५ आश्विन

काठमाडौं, २५ असोज (एजेन्सी) । एक जना कलाकार अर्थात सेलिब्रेटीको पारिश्रमिक कतिसम्म हुन सक्छ होला ? तपाइँले अनुमान गर्नुस् त । पक्कै गर्नु भयो होला ।

तपाइँको अनुमानले मेल खायो ? कुरा विश्वकै महँगी सेलिब्रेटीको कुरा गरौँ । अमेरिकी मोडल काइली जेनर विश्वकै महँगी सेलिब्रेटी हुन् । यो विश्व प्रख्यात अनुसन्धानत्मक म्यागजिन ‘फोब्स’ को रिर्पोटको आधारमा तयार पारिएको हो । फोब्स म्यागजिनले हालै सन् २०२२ का महँगा सेलीब्रेटीको सूची सार्वजनिक गरेको थियो ।

उक्त सूचीमा उद्यमी समेत रहेकी अमेरिकी मोडल काइली जेनर उक्त सूचीमा संसारकै महंगी सेलीब्रेटीमा परिन् । उनको पारिश्रमिक ५८५ मिलियन अमेरिकी डलर रहेको फोब्सले उल्लेख गरेको छ ।

हुन त काइली त्यतिकै चर्चित भएकी होइनन् । उनी सामाजिक सञ्जालमा पनि लोकप्रिय छिन् । सामाजिक सञ्जालमा उनका लाखौं फलोअर्स छन् । पफ्यूङलगायत सौन्दर्य सामग्रीका उत्पादक रहेकी काइली विश्वका बोल्ड मोडलमा रुपमा समेत चिनिन्छन् ।

हलिउडमा एकसेएक मोडलहरु छन् । त्यसमा पनि काइली निकै बोल्ड छिन् । काइलीका संसारमा यस्ता फ्यानहरु छन्, जो उनी आफ्ना फ्यानको कमेन्टहरुलाई रिप्लाइ गर्न समेत भ्याउँछिन् । त्यसैले पनि उनी विश्वकै लोकप्रिय र महँगा सेलिब्रेटीका दर्ज भएको अन्तर्राष्ट्रय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया