‘द आउट लेयर’मार्फत डेब्यु गर्दै अनिता
अखबार टुडे
प्रकाशित:
२०७९, २५ आश्विन

काठमाडौं, २५ असोज । एक दर्जन जति म्युजिक भिडियोमा अभिनय गरिसकेकी अनिता गिरि अब ठूलो पर्दामा डेब्यू गर्ने तयारीमा छिन् । खोटाङ सिम्पानीकी अनिता काठमाडौंलाई कर्मथलो बनाएर विगत ६ वर्षदेखि निरन्तर कला क्षेत्रमा काम गरिरहेकी छन् ।

सानैदेखि अभिनय र नृत्य भनेपछि हुरुक्क हुने उनको पहिलो गीतको भिडियो ‘वैगुनीले गएको थियो छोडेर’ रहेको थियो । त्यसयता ‘सजाए तिम्रो माया’, ‘लगन जुर्यो घरबार हुनलाई’, ‘तिम्रो साथ’, ‘केयर गर्दैनौ’, ‘तिमीलाई भुल्न’ जस्ता एक दर्जन भन्दा बढी गीतका भिडियोमा आफ्नो कुशल अभिनय पस्कि सकेकी छन् उनले ।

म्युजिक भिडियोमा अभिनयको तारिफ सँगसँगै थुप्रै अवार्ड हात पारी सकेकी अपनिता अब ठूलो पर्दातर्फ जम्ने तयारीमा लागेकी छन् । अनिताले विक्की महर्जनको चलचित्र ‘द आउट लेयर’मार्फत डेब्यु गर्दैछिन् ।

ओडिनल, डेरिमिल्क, नेपाल आइसलगायतका विज्ञापनमा समेत अभिनय गरिसकेकी अनिताले डेढ दर्जन जति फेशन र्याम्पमा पनि आफूलाई हिँडाएकी छन् । अभियन क्षेत्रमै समर्पित भएर लागेकी उनी सबैप्रकारको भूमिकालाई न्याय गर्न सक्ने बताउँछिन् ।

प्रतिक्रिया