१२ सय रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
प्रकाशित:
२०७९, २५ आश्विन

काठमाडौं, २५ असोज । आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार २०० रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ ।
हिजो सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ७०० रुपैयाँ थियो ।
यसैगरी, चाँदीको मूल्य समेत आज प्रतितोला १५ रुपैयाँले घटेको छ । हिजो सोमबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो सोमबार पनि चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले घटेर कारोबारमा आएको थियो ।
प्रतिक्रिया
सम्बन्धित समाचार
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
इजरायल र लेबनान युद्धविराम कार्यान्वयन गर्न पूर्ण रूपमा सहमत
सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सरकारका प्रवक्ताको बचाउ, के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको सीमाबारे अभिव्यक्तिपछि भारतले के भन्यो ?
