आमनिर्वाचन २०७९ : प्रमुख दलले कति र कहाँबाट बनाए महिला उम्मेदवार ?
अखबार टुडे
प्रकाशित:
२०७९, २४ आश्विन

काठमाडौं, २४ असोज । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि २४९४ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गरेका छन् । निर्वाचन आयोगका अनुसार १६५ निर्वाचन क्षेत्रमा २४९४ जनाले प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका हुन् ।

जसमध्ये साना दल र स्वतन्त्र गरी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ २३३ महिलाको उम्मेदवारी परेको छ । प्रमुख दल नेकपा एमालेले आफूले उम्मेदवारी दिएको १४४ क्षेत्रबाट ११ जना महिलालाई उम्मेदवार बनाएको छ ।

यस्तै माओवादीले केन्द्रले सात जनालाई टिकट दिँदा कांग्रेसले पाँच र २० क्षेत्रमा उम्मेदवारी दिएको एकीकृत समाजवादीले एक जना महिलालाई मात्रै उम्मेदवार बनाएका छन् । मधेस केन्द्रीत दल जसपा र लोसपाले कुनै पनि महिलालाई प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार बनाएका छैनन् ।

कसले कहाँ–कहाँ उठाए महिला उम्मेदवार
नेकपा एमाले
सुनसरी– ३, मा भगवती चौधरी
धनुषा– ३ मा जुलीकुमारी महतो
उदयपुर– १ मा मञ्जु चौधरी
बारा– ३ मा ज्वालाकुमारी साह
स्याङ्जा– २ मा पद्मा अर्याल
कास्की– २ मा विद्या भट्टराई
बाग्लुङ– २ मा मञ्जु शर्मा चालिसे
दाङ– १ मा शान्ता चौधरी
दाङ– ३ मा कोमल वली
डोटीमा गौरी ओली
कञ्चनपुर– ३ मा निरूदेवी पाल

नेकपा माओवादी केन्द्र
ललितपुर– ३ मा पम्फा भुसाल
काठमाडौं– ९ मा कल्पना धमला
काठमाडौं– ७ मा मानुषी यमी भट्टराई
काठमाडौं– २ मा ओनसरी घर्ती
दाङ– ३ मा रेखा शर्मा
जुम्लामा गोमा गौतम
कञ्चनपुर– ३ मा विना मगर

नेपाली कांग्रेस
तेह्रथुममा सीता गुरूङ
मोरङ– २ मा सुजाता कोइराला
सिराहा– २ मा चित्रलेखा यादव
मकवानपुर– १ मा महालक्ष्मी उपाध्याय ‘डिना’
अर्घाखाँचीमा पुष्पा भुसाल

एकीकृत समाजवादी
गुल्मी–२ मा रामकुमारी झाक्री

प्रतिक्रिया