झापा ५ मा ओलीसँग भिड्दै पाठक
प्रकाशित:
२०७९, २३ आश्विन

झापा, २३ असोज । झापा क्षेत्र नम्बर ५ बाट युग पाठकले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
लेखक तथा अभियन्ता समेत रहेका पाठकले अब एमाले अध्यक्ष ओलीविरुद्ध चुनावी प्रतिस्पर्धा गर्नेछन् । एमाले अध्यक्ष ओलीले झापा ५ लाई आफ्नो लागि सुरक्षित गर्न राप्रपासँग तालमेल गरेका छन् । तर, पाठकको उम्मेदवारीले ओलीलाई चुनौती बन्न सक्ने अनुमान गरिएको छ ।
प्रतिक्रिया