डलरको मूल्यमा नयाँ रेकर्ड
अखबार टुडे
प्रकाशित:
२०७९, २३ आश्विन

काठमाडौं, २३ असोज । नेपालमा अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आइतवार एक डलरको बिक्रीदर १ सय ३२ रुपैयाँ २ पैसा कायम भएको छ । यो अहिलेसम्मकै उच्च मूल्य हो ।

आज डलरको खरिद मूल्य भने १ सय ३१ रुपैयाँ ४२ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

भारतीय मुद्रा कमजोर भएको कारण नेपाली मुद्रा पनि कमजोर भएको हो । भारतीय मुद्रासँग नेपाली मुद्राको स्थिर विनिमय दर (पेग्ड) कायम गरिएको छ ।

आर्थिक मन्दि र कच्चा तेलको मूल्यमा भइरहेको वृद्धिले भारु कमजोर बनेको हो। एक डलर बराबर ८२ भारुमा कारोबार भइरहेको छ । अमेरिकामा रोजगारी सृजना अपेक्षा गरिएभन्दा वृद्धि भएकोले पनि डलर बलियो बनिरहेको छ ।

डलरको भाउ उच्च हुँदा नेपालको वैदेशिक व्यापार घाटा झनै बढ्नेछ । तर रेमिट्यान्स पठाउनेहरुलाई पनि यो समय उपयुक्त हुने अर्थविद्हरुले बताएका छन् ।

प्रतिक्रिया