उद्योगपति विनोद चौधरी नवलपरासी पश्चिमबाट निर्वाचन लड्ने
प्रकाशित:
२०७९, २३ आश्विन

काठमाण्डौं, २३ असोज । उद्योगपति विनोद चौधरीले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचन लड्ने भएको छ ।
उनलाई सत्ता गठबन्धनमा नेपाली कांग्रेसले नवलपरासी पश्चिमबाट प्रतिनिधि सभा सदस्यको टिकट दिएको हो ।
चौधरी यसअघि समानुपातिकबाट सांसद भएका थिए । पश्चिम नवलपरासीमा जनता प्रगतिशील पार्टीका हृदयेश त्रिपाठीले उम्मेदवारी दिने तयारी गरेको छ ।
उनलाई एमालेले समर्थन गर्ने सम्भावना छ । त्रिपाठी यस क्षेत्रमा पाँच पटकसम्म विजय भएका थिए ।
प्रतिक्रिया
सम्बन्धित समाचार
