
काठमाडौं, २३ असोज । नेपाली कांग्रेसका नेता जगन्नाथ पौडेलले चितवन क्षेत्र नम्बर ३ मा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।
उनलाई कांग्रेसकै नेता–कार्यकर्ताहरुको साथ रहेको जनाइएको छ । सत्ता गठबन्धनको तर्फबाट माओवादी केन्द्रले डा. भोजराज अधिकारीलाई उम्मेदवार बनाएको छ ।
सो क्षेत्रमा नेकपा एमालेले जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । राप्रपाबाट उपाध्यक्ष बिक्रम पाण्डेले उम्मेदवारी दिँदैछन् ।
गत स्थानीय निर्वाचनका बेला भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको बागी उम्मेदवार बनेका उनी कांग्रेसको कारबाहीमा परेका थिए । त्यसयता छुट्टै राजनीतिक गतिविधि गर्दै आएका पौडेलले प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका हुन् । महानगरमा उनले करिब १५ हजार मत ल्याएका थिए ।
